मातहतका निकायमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका सबै निकायमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन परिपत्र गरेको छ ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाले स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधी व्यवस्था विभाग, स्वास्थ्य बीमा बोर्ड लगायतका ४५ भन्दा बढी मातहतका निकायलाई एकै पटक परिपत्र गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन परिपत्र गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्राचार गरे लगत्तै सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनका लागि सामाजिक सुरक्षा कोषको स्थापना भएर अहिले कोषमा योजना सञ्चालन भइरहेको र स्वास्थ्य मन्त्रालय अन्तरगतका निकायमा आबद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई श्रमिकको हक अधिकार सुनिश्चित गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समिति, नेपाल फार्मेसी परिषद्, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय क्षयरोग केन्द्र, आयुर्वेद चिकित्सा परिषद्, नेपाल मेडिकल काउन्सिल नेपाल नर्सिङ परिषद्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, आयुर्वेद चिकित्सा परिषद् नेपाल मेडिकल काउन्सिल लगायत सबै स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल, प्रादेशिक अस्पताल लगायत सबै निकाय यस्तो परिपत्र गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *