काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
सुवासचन्द्र नेम्वाङको निधनपछि एमालेमा उपाध्यक्ष पद खाली थियो ।
बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

Leave a Reply