कञ्चनपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

कैलाली । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो। बिहान करिब १०:४५ मा बाघले महिलालाई लिएर गएको र सवाँ ११ बजे शव भेटिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *