माओवादी सांसद दाहालकाे जिकिर- ओली गैरकानूनी रूपमा प्रधानमन्त्री भएका हुन्, सर्वोच्चले खारेज गर्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओली गैरकानूनी रुपमा नियुक्ति भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले खारेज गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अस्वभाविक र बदनियपूर्ण गठबन्धनको जगमा निर्माण भएको सरकारको प्रधानमन्त्रीज्यूले संख्यात्मक हिसाबले यही सदनबाट विश्वासको मत लिइसक्नुभएको छ । संविधानको धारा ७६ (२) अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः ७६ (३) सक्रिय भइ प्रधानमन्त्री नियुक्त भएको विगतको नजिरलाई अस्वीकार गर्दै राष्ट्रिपतिले गैरकानूनी रुपमा प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । यो प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा परेको छ, त्यो मुद्दाको पेशी संवैधानिक इजलासमा ३० गते तोकिएको छ । मलाई विश्वास छ, गैरकानूनी नियुक्ति भएको खारेज गर्नेछ ।’

उनले ओलीको नियुक्ति प्रक्रिया खारेज गरेर संविधान सम्वत् नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खोलिदिने जिकिर गरे ।

Comments

2 responses to “माओवादी सांसद दाहालकाे जिकिर- ओली गैरकानूनी रूपमा प्रधानमन्त्री भएका हुन्, सर्वोच्चले खारेज गर्छ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    डाहा भएछ । कतिवटासँग केही गरिदिउँला भनेर दाम उठाएको होला । फिर्ता दिनुपर्दाको पीडा ।

  2. Om Khatiwada Avatar
    Om Khatiwada

    ओली हट्नु उचित छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *