कोशीमा मन्त्री छान्न कांग्रेसले बनायो यस्तो मापदण्ड

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाउँदै मापदण्ड केन्द्रमा पठाएको छ ।

विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको हो ।

प्रदेशसभामा रहेका २९ मध्ये अधिकांश प्रदेश सभा सदस्यहरू मन्त्री बन्ने दौडमा लागेपछि प्रदेश समितिले मन्त्री बनाउनेको मापदण्ड बनाएको हो ।

नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले मन्त्रीको नाम छान्दा चार वटा कुरा हेरेर छान्न सुझाव सहित सिफारिस गरेको बताए ।

उनले प्रदेश सरकारमा सहभागी हुनका लागि प्रदेश समितिले निर्णय गर्नुपर्ने पार्टीको विधानको व्यवस्था भएकाले सरकारमा जाने औपचारिक निर्णय भएको बताए ।

उनले बैठकबाट औपचारिक रूपमा एमालेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जानकारी दिए ।

उनले सरकारमा जानका लागि मन्त्रीहरूको नाम भने केन्द्रीय नेतृत्वसँग परामर्श गरेर मात्रै टुङ्गो लाग्ने बताए ।

उनले मन्त्रीहरूको नाम भने केन्द्रीय नेताहरूसँग छलफल गरेर मात्रै टुङ्गो लाग्ने बताए ।

Comments

One response to “कोशीमा मन्त्री छान्न कांग्रेसले बनायो यस्तो मापदण्ड”

  1. bharat kumar thapa Avatar

    समाजमा राजनीतिक रूपमा चिनिएकालाई वनाउ गुन्डागर्दी गर्ने हप्ता असुली गर्ने डनहरूलाई नवनाउ राजनीति भित्र नीर हालेर सफा बनाउने अभियान मा जनता लाग्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *