एकैपटक २२ सचिवको सरुवा : अर्थमा घिमिरे, श्रममा निरौला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकैपटक २२ जना सचिवको सरुवा गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवको सरुवा गरेको हो ।

एक मन्त्रीका अनुसार अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा.रामप्रसाद घिमिरेलाई दिइएको छ भने अर्थ सचिवको जिम्मेवारीमा रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ । त्यस्तै अर्थ मन्त्रालमया राजश्व सचिवको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरे सरुवा भएका छन् ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ भने श्रम मन्त्रालयको सचिवको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई दिइएको छ ।

यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणी सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएको छ भने रक्षा मन्त्रालयका सचिव किरणराज शर्माको राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद दुवाडी राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा लोक सेवा आयोग, आयोगका राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साह नेपाल ट्रष्टमा, नेपाल ट्रष्टका सचिव प्रमीला देवी बज्राचार्य खानेपानी मन्त्रालयमा, खानेपानीका सुरेश आचार्य जल तथा ऊर्जा आयोगमा, वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय(वाणिज्य) सचिव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालय तथ्याङ्कका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेल भूमिमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सरजु कुमार वैद्यको पनि सरुवा भएकाे हाे ।

ति मन्त्रीका अनुसार बैठकले १८ देशका लागि राजदूत नियुक्त समेत गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *