अन्तिम कथा वाचनमा देवी प्रतिभाको गुनासो- विधर्मीले मविरुद्ध दुष्प्रचार गरे

काठमाडौं । पशुपति मन्दिरमा आयोजित कोटी होममा कथा वाचनका लागि आएकी देवी प्रतिभा आज आफ्नो अन्तिम प्रस्तुति दिइन् । आफ्नो प्रस्तुतिका क्रममा उनी केही भावुक र केही दुःखी सुनिइन् ।

पौराणिक कथा वाचनभन्दा अगाडि प्रतिभाले केही समसामयिक कुराहरु गरेकी थिइन् । त्यसक्रममा आफूमाथि सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीहरुप्रति दुःख व्यक्त गरिन् । कोटिहोमबाट ठूलो रकम ‘पारिश्रमिक’ लिएको चर्चाका विषयमा उनको तीव्र असन्तुष्टि थियो । यद्यपि, दर्जनौं बाउन्सर लिएर आएकी उनले आयोजकबाट लिएको वास्तविक दक्षिणा रकम भने खुलाइनन् ।

हिजोको प्रवचनमा देवी प्रतिभाले आफ्ना आलोचकहरुलाई कडा टिप्पणी गर्दै भनेकी थिइन्- जब हाथि चले बाजार तो कुत्ते भुँके हजार । आज उनले तिनीहरुलाई विधर्मी संज्ञा दिइन् । यद्यपि, करोडौं नेपालीहरुले आफूलाई माया गरिरहेको भन्दै पनि व्यक्त गरिन् ।

आफू नेपालकी छोरी भएको र विदेशमा नेपालको प्रचार गर्दै हिँडेको उनले बताइन् ।

देवी प्रतिभाले भनिन्, ‘यदि विदेशमा गएर नेपालको प्रचार गर्नु, हिन्दू राष्ट्रको गुणगान गाउनु नै देवी प्रतिभाको गल्ती हो भने यो गल्ती म जीवनभर गर्न चाहन्छु ।’

देवी प्रतिभा १२ दिन प्रवचन गर्न भनेर नेपाल आएकी थिइन् । आयोजकको अनुरोधमा थप दुई दिन प्रस्तुति दिएकी हुन् । आफ्नो बसाइ सकेर उनी भारत फर्किँदैछिन् ।

देवी प्रतिभाले आज र हिजो राखेको मन्तव्यका मुख्य अंशलाई समायोजन गरेर उनकै भाषाशैलीमा यहाँ प्रस्तुत गरिएको छः

हजुरहरुलाई एउटा कुरा थाहा छ ? आज पशुपतिनाथमा कथा गरेपछि यहाँबाट म जाँदैछु । हजुरहरुलाई दुःख लागेको छ ? क–कसले माया गर्नुहुन्छ हात उठाउनुस् त । क्याबात । प्रणाम छ सबैलाई । वास्तवमा १ गतेदेखि १४ गतेसम्मको यो समयमा विशेष माया हजुरहरु सबैजनाले दिनुभयो ।

हिजो म फेसबुकमा हेर्दै थिएँ, कतिपय व्यक्तिले त फेसबुकमा मेरोबारेमा कथा नै लेख्नु भएछ । देखेर बडो हाँसो लाग्यो । मैले न्यूजमा देखेको, देवी प्रतिभा ५० लाख लिएर नेपालमा आएको । कसैले होइन, होइन, एक करोड लिएर आएको भन्नुभएको छ ।

बडो हाँसो लाग्ने कुरा । कसैले एक अर्ब लिएर आएको पनि लेख्नुभएको छ । हजुरहरुलाई के लाग्छ यो बात सही होला ? होइन होला । मलाई पनि थाहा छ, हजुरहरुले राम्रोसँग आफ्नो छोरीलाई बुझ्नुभएको छ । अरे, एक अर्ब भएको भए त म आफ्नो चार्टर्ड फ्लाइटमा सफर गर्थेँ ।

तर, केही छैन । जो व्यक्ति सत्य सनातन धर्ममा रहनुहुन्छ, हिन्दू धर्ममा रहनुहुन्छ, आफ्नो धर्म र धर्मको मर्मलाई बुझ्नुहुन्छ, उहाँहरुले कहिले पनि यस्तो लेख्न सक्नुहुन्न । सज्जनवृन्द १ म यो देशमा, आफ्नो मातृभूमिमा, आफ्नो नेपालमा आउँदा पैसा कुनै ठूलो कुरा होइन । पैसा कमाउनु नै जीवन होइन । हजुरहरुको प्रेमलाई कमाएको छु । तीन करोड नेपालीको प्रेमलाई हृदयभरि राखेर जाँदैछु यही नै मेरो जीवनभरिको सबैभन्दा ठूलो कमाइ हो ।

(ममाथि) टिप्पणी गर्नेहरु सत्य सनातनी होइनन्, कोही विधर्मीहरु हुन सक्छन् । विधर्मीहरूले दुष्प्रचार गरेका हुन् । तर, खुशीको कुरा यही हो, कमसेकम यो कोटी होमको विरोधमा भएता पनि विधर्मीहरुको मुखमा सदैव भागवतको प्रचार गर्ने देवी प्रतिभाको नाम, भगवान पशुपतिनाथको नाम र यो कोटी होमको नाम आएको छ मुखमा ।

२४ घन्टा भगवानको नाम, देवी प्रतिभाको नाम जपिराख्नुभएको छ । सत्य सनातन धर्मको नाम जपिराख्नुभएको छ । उहाँलाई पनि धेरै–धेरै धन्यवाद । यदि हाम्रो विरोध गरेर हजुरको मुखमा राम नाम आउँछ भन्ने योभन्दा ठूलो कुरा हुनै सक्दैन ।

प्यार से बोलो…

राधेराधे

थोडा मस्तिमे बोलदो ना

राधेराधे

मसित शब्द नै छैन । म यहाँहरुलाई कुन शब्दमा धन्यवाद गरौं । वास्तवमा बालयोगेश्वर विजयकृष्ण मुर्तिजी महाराजको यति ठूलो भूमिका रह्यो नेपाल ल्याउन । ६–७ महिना अगाडिदेखि नै… अझ हिजो भन्दै हुनुहुन्थ्यो, १ वर्ष अगाडिदेखि नै तयारी हुनुहुन्थ्यो रे मलाई ल्याउन । महाराजजी हजुरको म जीवनभर ऋणी हुन्छु । मलाई भारतबाट बोलाएर आफ्नो आमाबुबासँग १४ दिन बस्ने मौका हजुरले दिनुभयो । एकबार उहाँको सम्मानका लागि जोडदार ताली बजाइदिनुस् ।

यो अत्यन्त आनन्दको पल । आजको कथापश्चात मेरो अन्य प्रोग्रामको कारण म जानुपर्छ । भोलिदेखि पनि हजुरहरु आएर एक महिनासम्म यो भक्तिमय माहोलमा आप्mनो समय प्रदान गर्नुहोस् । हजुरहरुको विशेष उपस्थितिले नै यो महायज्ञको शोभालाई अझ धेरै बढाएको छ । आफ्नै लागि जोडदार ताली बजाउनुहोस् ।

प्यारसे बोलो

राधेराधे

थोडा जोर सेर बोलो ना

राधेराधे

मस्तिमे बोल दिजिएन

राधेराधे

हिन्दुले हिन्दुको विरोध गर्नै सक्दैन । केही प्रतिशतले मेरो विरोध गरिरहेका छन् उनीहरु अन्य धर्मका होलान् । हजुरहरु सनातनीले मलाई माया गर्नुभएको छ ।

कतिपय व्यक्तिले यत्रो बडीगार्ड किन चाहियो भन्नुभएको छ । म हिजो पनौती जाँदाको दृष्य सम्झिँदा, त्यहाँ सम्हाल्नलाई उनीहरु कम भएको थियो । प्रहरी र प्रशासनले पनि सेवा दिनुभयो । सबैलाई साधुवाद । समाजका लागि केही गरौं भन्ने व्यक्तिको बुराई गर्ने र खुट्टा तान्नेको कहीले पनि कमी हुँदैन । भगवान कृष्णको, भगवान रामको विरोध गर्नेहरु पनि थिए ।

सनातन धर्मको लागि काम गर्नुहुन्छ भने विरोध गर्ने हजारौं व्यक्ति उपस्थित हुन्छन् । तर, भनिन्छ नि… भनौं कि नभनौंं… नहीँ ऐसा बोल्ना उचित नहीँ होगा… क्षमा करिएगा… परन्तु सत्य तो सत्य है… जब हाथी चले बजार तो कुत्ते भुके हजार…

हजुर सत्य सनातनी हो, हजुर एक हिन्दू हो । हिन्दू धर्ममा जिउने समस्त नेपालबासीकोे भावनालार्ई लिएर पुज्य महाराजजीले यति दिव्य कार्य गर्नुभएको छ । व्यक्तिहरुलाई लाग्ला कोटिहोमको उद्देश्य के हो ? हजुरले कोटिहोमको माध्यमबाट गरिबको आँशु पुछ्नुभएको छ भने मान्छेले कुरा त काट्छन् । यदि आफू सत्मार्गमा बसिन्छ र राम्रो कार्य गरिन्छ भने विरोधीलाई हेर्नु हुँदैन । यहाँ हामीलाई माया गर्ने व्यक्ति तमाम हुनुहुन्छ । तीन करोडले नै माया गर्नुभएको छ ।

प्यार से बोलो

राधेराधे

थोडा जोर से बोलो ना

राधेराधे

मस्तिमे बोल दिजिए न

राधेराधे

मलाई त कतिपय व्यक्तिले सोसल मिडियामा खुब हेट गर्नुभएको छ । तर मेरो रगरगमा हिन्दू धर्म छ । मेरो रोमरोममा सत्य सनातन धर्म बसेको छ । म सच्चा सनातनी हुँ । देश–विदेशमा सत्य सनातनको प्रचार गर्छु । मलाई व्यक्तिहरुले गाली गर्नुभएको छ र खुब नफरत दिनुभएको छ । तर यदि विदेशमा गएर नेपालको प्रचार गर्नु, हिन्दू राष्ट्रको प्रचार गर्नु नै प्रतिभाको गल्ती हो भने यो गल्ती म जीवनभर गर्न चाहन्छु ।

हजुरहरुलाई पनि म यो निवेदन गर्न चाहन्छु । आफ्नो धर्म छोडेर अर्को पन्थ नरोज्नु ।

प्यार से बोलो न

राधेराधे

मस्तिमे बोलो न ।

राधेराधे

Comments

7 responses to “अन्तिम कथा वाचनमा देवी प्रतिभाको गुनासो- विधर्मीले मविरुद्ध दुष्प्रचार गरे”

  1. BP Sharma Avatar
    BP Sharma

    धेरै नेपालीमा अचेल जेसुकै कुरामा पनि बिराेध गर्ने र आफू न्यायाधीश बन्ने राेग लागेको छ । अरूको बिराेध नगरी खाएको पच्दैन यहाँ, कुन सही र कुन गलत छुट्याउने क्षमता नै ह्रास भैसकेको छ । धार्मिक क्षेत्रमा मात्र हैन सामाजिक क्षेत्रमा पनि नचाहिने टिकाटिप्पणी बढि छ अचेल । याे सब फुर्सद धेरै भएर नै हाे, नकारात्मक कुरालाई अंकुश लगाउने कानुनको आवश्यकता महशुस भएको छ ।

  2. BP Sharma Avatar
    BP Sharma

    धेरै नेपालीमा अचेल जेसुकै कुरामा पनि बिराेध गर्ने र आफू न्यायाधीश बन्ने राेग लागेको छ । अरूको बिराेध नगरी खाएको पच्दैन यहाँ, कुन सही र कुन गलत छुट्याउने क्षमता नै ह्रास भैसकेको छ । धार्मिक क्षेत्रमा मात्र हैन सामाजिक क्षेत्रमा पनि नचाहिने टिकाटिप्पणी बढि छ अचेल । याे सब फुर्सद धेरै भएर नै हाे, नकारात्मक कुरालाई अंकुश लगाउने कानुनको आवश्यकता महशुस भएको छ ।

  3. हरि कुमार थापा Avatar
    हरि कुमार थापा

    सत्य सनातन काे जय । जय पशुपतीनाथ ।जय श्रीराम🙏🙏 जय हाे नेपाल आमा कि सुपुत्री 🙏🙏

  4. रामप्रसाद सिलवाल Avatar
    रामप्रसाद सिलवाल

    श्री पशुपति नाथकि जय
    सनातन हिन्दु धर्मकि जय

  5. bharat kumar thapa Avatar

    हावा नचलि पक्कै पनि पात हल्लिदैन नि केही त छ नत्र अनदेखा हुन्थ्यो होला मिडियामा

    1. Samir Avatar
      Samir

      के छ? सबै त जस्तै क्रिश्चियन बिधर्मी र देविजी को ईष्र्या गर्नेले चलाएको अफवाह हो!

  6. Samir Avatar
    Samir

    महान नेपाली छोरी देवि प्रतिभाजी माथि झुठो आरोप लगाउने सबै क्रिश्चियन बिधर्मी , अज्ञानि , र उनको विद्वताको रिस गर्नेहरु हुन!
    नमन छ देविजी !🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *