प्रस्तावित निर्वाचन आयुक्तबारे सदनमा पनि कुरा उठ्यो, नियुक्त नगर्न सांसदको ध्यानाकर्षण

काठमाडौं । संवैधानिक परिषदबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको बिषयमा सदनमा कुरा उठेको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाकी सांसद रोशन कार्कीले प्रधानलाई नियुक्ति गर्ने निर्णय नगर्ने संसदीय सुनुवाइ समितिको ध्यानाकर्षण गराइन्।

उनले प्रधानलाई आयुक्तमा नियुक्ति गरियो भने ५१ प्रतिशत महिलाको अपमान हुने बताइन्।

उनले भनिन्, ‘संविधानको धारा २४५ को उपधारा ६ को पनि अपमान हुन्छ। त्यसैले त्यस्ता आरोपीलाई कुनै स्थान दिन हुँदैन।’

प्रमुख आयुक्त र आयुक्त हुन उच्च नैतिक चरित्र हुनुपर्ने उल्लेख गर्दै यौन शोषण गर्ने व्यक्तिलाई स्वीकार्य नहुने बताइन्।

प्रधानको नाम प्रस्ताव भएपछि उनीविरुद्ध यौन शोषणसँग सम्बन्धित चारवटा उजुरीहरू परेका छन् । त्यसबारे समितिले आज निर्णय लिँदैछ।

Comments

One response to “प्रस्तावित निर्वाचन आयुक्तबारे सदनमा पनि कुरा उठ्यो, नियुक्त नगर्न सांसदको ध्यानाकर्षण”

  1. Pradimna Mudbhari Avatar
    Pradimna Mudbhari

    Thank you Roshan Ji, the perpetuar like this man should be discouraged and excluded from public opportunity to maintain a civic society.

Leave a Reply

Your email address will not be published. Required fields are marked *