प्रचण्ड, माधव र झलनाथको सन्देश- आवश्यक परे फेरि सडकमा पलेँटी कसेर बस्न तयार छौं (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले आफूहरु एकै ठाउँमा रहेको सन्देश दिएका छन् । कांग्रेस र एमाले मिलेपछि प्रतिपक्ष कित्तामा हुत्तिएपछि पुष्पलालको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रममा उनीहरुले आफूहरु एकै ठाउँमा रहेका सन्देश दिएका हुन् ।

कार्यक्रममा उनीहरुले कांग्रेस-एमालेले संविधान संशोधनको कुरा ल्याएकोप्रति आपत्ति जनाए । दुई ठूला दल मिलेर जनताको प्राप्त उपलब्धि र अधिकार खोस्न खोजेको उनीहरुको निष्कर्ष थियो ।

कार्यक्रममा प्रचण्डले भने, ‘दुई ठूला दल मिल्नु सामान्यतः स्वाभाविक हुँदैन । देशलाई दुई दलीय व्यवस्थामा लाने र संविधान संशोधनको उद्देश्य लिएर मिलेको देखिन्छ । जनताले लामो आन्दोलन र ठूलो बलिदानीपछि प्राप्त अधिकार खोस्ने प्रयत्न हुँदैछ । त्यो हुन दिँदैनौं । आवश्यक परे फेरि सडकमा पलेँटी कसेर बस्न तयार छौं ।’

संविधान संशोधनको पक्षमा आफू पनि रहेको बताउँदै उनले संशोधनको नाममा प्रतिगमनतिर फर्काउने प्रयास स्वीकार्य नहुने बताए ।

प्रचण्डले कांग्रेस-एमालेले थ्रेसहोल्ड बढाएर साना पार्टीहरूलाई निस्तेज पार्न खोजेको आशंका व्यक्त गरे ।

संविधान संशोधनको बहस आवश्यक रहेको भए पनि गुपचुप गरेकाले आशंका देखिएको नेकपा एसका अध्यक्ष नेपालले बताए ।

उनले पनि संविधान संशोधनको नाममा अर्कै खेलोमेलो हुनसक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालभन्दा यो विषयमा कांग्रेस र एमालेप्रति नेता खनाल आक्रोशित सुनिए । नेता खनालले दुई पार्टीको अधिनायकवादको विरुद्ध मेचीदेखि महाकालीसम्म संग्राम सुरु गर्ने चेतावनी दिए ।

समानुपातिक प्रणालीलाई चलाउन खोजे आफूहरु मौन नबस्ने उनको भनाइ थियो ।

उनले भने, ‘दुई ठूला पार्टी मिलेर सरकार बनाएर संविधान संशोधन गर्छु भन्दैछन्, केका लागि ? अहिलेसम्म दुई पार्टीले गरेको तथाकथित सात बुँदे सहमति खै, कहाँ आयो ? संसदमा पनि ढाँटिएको छ । संसदमा लिखित हस्ताक्षर गरिएको किन प्रस्तुत गर्न सकेनन्, किन लुकाइराखेका छन् ? कसैले नौ बुँदे भन्दैछन्, खै सही गरेको देखेको छ । यो संविधान केमा संशोधन गर्ने, दुइटा पार्टीको निगाहले बनाइएको होइन ।’

त्यसो त नेकपाकालमा ओलीले संसद विघटन गरेपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल त्यसको विरुद्धमा माइतीघरको सडकमा पलेँटी बसेका थिए । अहिले पनि संविधान चलाउन खोजे सदनदेखि सडक चर्काउने अभिव्यक्ति दिँदै आएका नेताहरुले आफूहरु फेरि सडकमा बस्न तयार भएको अभिव्यक्ति दिएका हुन् ।

Comments

9 responses to “प्रचण्ड, माधव र झलनाथको सन्देश- आवश्यक परे फेरि सडकमा पलेँटी कसेर बस्न तयार छौं (भिडिओ)”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    आन्दोलनभित्रका गद्दारहरू!
    माझण्डहरू फेरि सडकमा हामी यहाँ छौं भन्न तयार छन रे!
    किनभने केपी ओली प्रधानमन्त्री भएको तिनले न हिजो सहे न त आज।
    माझण्ड=माधव+झलनाथ+प्रचण्ड
    वास्तवमा माझण्डहरू ओलीको ख्यातीमा आफ्नो प्रगति देख्ने सामर्थ्य नदेखाउँदा सडकमा पुगेका हुन्।

    1. ksp pyl Avatar
      ksp pyl

      दिल्लीका दलालहरू । घुस्याहा, देश बेचुवा, विदेशीका एजेण्टहरूलाई बोल्न प्रतिबन्ध लगाउन मिल्दैन ?

      1. डा. शमोला भुसाल Avatar
        डा. शमोला भुसाल

        माझण्डहरुको ओरालो यात्रा शुरु भैसकेको छ। यिनीहरुको विश्वास अब कसैलाई छैन छ भने जगन्नाथ खतिवडा भन्नेलाई होला अलिकति। अब देशले यिनीहरुको भारी बोक्न सक्दैन। हूँदा हूँदा झलनाथ ले सङ्ग्राम मच्चाउने अरे। डेढदशक पार्टी नेतृत्व गरेको माधव नेपाल र पार्टी अध्यक्ष भैसकेको झलनाथ नै हुन् यो देशका धमिरा। प्रचण्डले त यिनीहरुको बिकाउ हैसियत देखेर तर मार्न खोजेको हो नि।

  2. bharat kumar thapa Avatar

    जनताले देखाइ दिन्छन् अबको चुनावमा अनि थाहा हुन्छ नेकपा एस् र माओवादी को ज्यादै प्यारप्यार गर्नु प्रदैन नेपाली जनताले माधवकुमार झलनाथ र प्रचण्डले नखोके हुन्छ ।

  3. Raj Avatar
    Raj

    प्रचण्डले खेल्न पाएन। यसलाई डाहा भो। साना दल भनेका जनताले नपत्याएका पार्टी हुन्। जनताले तिमीहरू सरकार बाहिर बस भनेका हुन्।
    जनताको मत बिपरित साना दललाई ठुला दलले भाउ दिदा देशमा राजनितिक अस्थिरता भो। ठुला दलको हैसियतले कांग्रेस एमालेले सधैं देशमा राजनितिक स्थिरता दिनु पर्यो।

  4. dhakaram sapkota Avatar
    dhakaram sapkota

    माकुने प्रचन्डे पलेटी कसेर बस्ने झल्लुले सर्प नचाउने गजप हुन्छ

  5. Chhabi Sharma Avatar
    Chhabi Sharma

    सडकमा पलेटी कस्न कसले रोकेको छ र घुर्कि लगाउछाै । कोही पलेटी कसेर बस्ने कोही सर्प नचाउने जनता यही हेर्न चाहान्छन् । केमा चित्त बुझ्दछ केमा बुझ्दैन अाअाफ्नो दलमा छलफल गरेर चित्त बुझाउने ।

  6. harihar Avatar
    harihar

    सडकमा मात्र किन ? एकैचोटि डष्टबीनमा बस्ने कि ? कि बञ्चरे डाँडामा जाने ?

  7. परदेशी कान्छो Avatar
    परदेशी कान्छो

    जान त सडकमै पर्ने हो र स्विपर दाई भाउजुले डस्टविनमा हाल्न पर्ने हो तर दुतावासको आशिरवादले सत्तामा पुगे भन्न नि भएन, काटेमाथि नुनचुक दल्ने हाम्रो नेपाली परंपरा पनि हैन के रे।
    -दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *