काठमाडौं । माल्दिभ्समा जारी काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । भर्खरै सकिएको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
कीर्गिस्तानले नेपाललाई पहिलो सेट २५–१४, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१३ ले पराजित गरेको हो । कीर्गिस्तानले अब उपाधिका लागी श्रीलंकासंग खेल्नेछ ।

Leave a Reply