प्रधानमन्त्रीमाथि विश्वासको मतदानमा ११ सांसद अनुपस्थित (सूची)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई सांसदबाट विस्वासको मत पाए पनि ११ जना सांसद भने बैठकमा अनुपस्थित भएका छन् ।

संघीय संसद सचिवालयका अनुसार आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न दलबाट गरेर ११ जना सांसद अनुपस्थित भएका हुन् ।

जसमा सबैभन्दा बढी सबैभन्दा बढी नेपाली कांग्रेसका ४ जना सांसद अनुपस्थित भएका छन् भने दोस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ३ जना सांसद अनुपस्थित भएका छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोबिता गौतम पनि अनुपस्थित भएका छन् ।

को-को हुन् ?

अम्बिका बस्नेत– नेपाली कांग्रेस

गिता बस्नेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

टोपबहादुर रायमाझी– नेकपा (एमाले) (भुटानी शरणार्थी प्रकरणमा जेलमा)

दीपक बोहोरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

देबेन्द्र पौडेल– नेकपा (माओवादी केन्द्र)

दुर्लभ थापा– नेपाली काँग्रेस

बसन्त नेम्वाङ– नेकपा (एमाले)

मनोरमा शेरचन– नेपाली काँग्रेस

विक्रम पाण्डे– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

विनोद चौधरी– नेपाली काँग्रेस

सोबिता गौतम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *