एमाले नेता गिरी लुम्बिनीमा दोस्रो पटक मुख्यमन्त्री बन्दै

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी बन्ने भएका छन्। उनी दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका हुन् ।

यसअघि ०७९ पुस २७ मा मुख्यमन्त्री बनेका गिरी तत्कालीन गठबन्धन गरेको माओवादीसहितका अन्य दल नयाँ गठबन्धनमा गएपछि साढे ३ महिनामै बाहिरिएका थिए । अहिले उहीँ माओवादी नेतृत्वलाई विस्थापित गर्दै कांग्रेसको साथमा गिरी मुख्यमन्त्री बन्न लागेका हुन् ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेरिन लागेको हो। लुम्बिनीमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने भएका हुन्।

एमालेको जिम्मामा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री गिरीलाई बनाउने निर्णय भएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए। एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा गिरीलाई अगाडि बढाउने सहमति जुटेको उनले जनाएका छन् ।

कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिलसिनाले एमाले दलका नेता गिरीको नेतृत्वमा नयाँ सरकार बनाउने गरी तयारी भइरहेको र आजै दुवै दलका नेता तथा प्रमुख सचेतक बसेर छलफल गरिएको जनाए ।

दुवै दलको तर्फबाट मुख्यमन्त्रीमा गिरीलाई नियुक्तिको लागि प्रदेश प्रमुखसमक्ष आज नै दाबी पेश गर्ने तयारी गरिएको छ। तर प्रदेश सभाको जानकारी प्रदेश प्रमुखले आजै नै पाएर नयाँ प्रक्रिया थाल्ने सम्भावना कम रहेको नेताहरूको भनाइ छ । त्यो भएमा भोलि नै पेश हुनसक्ने बताइको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *