चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी हवल्दारले रक्सी सेवन गरेर मोटरसाइकल चलाउँदा पैदल यात्री महिलालाई ठक्कर दिएर ज्यान गएको छ ।
भरतपुर २, आँपटारीमा शुक्रवार साँझपख साथीहरूसँग हिँडेकी ४२ वर्षीया सुष्मा श्रेष्ठलाई प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाएको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर पैदल यात्रुलाई ठक्कर दिएको हो ।
ठक्कर दिएर गम्भीर घाइते भएकी श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आइतबार निधन भएको हो ।
ठक्कर दिने चालक हवल्दार न्यौपानेको स्वास्थ्य जाँच प्रतिवेदनमा भरतपुर अस्पतालले अल्कोहल इन्फ्लुएन्स उल्लेख गरेको छ ।
यद्यपि, दुर्घटनामा चालक न्यौपाने समेत घाइते भएर टाउको, नाक र दाहिने खुट्टामा चोट लागि उपचार पछि डिस्चार्ज भएको डिएसपी रिजाल बताउँछन् ।

Leave a Reply