विपद्मा परी मृत्यु हुनेको सङ्ख्या १२८ जना पुग्यो

काठमाडौ‌ । यस वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म १२८ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म १२८ जनाको मृत्यु र १४३ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेशमा ५, बागमतीमा २२, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ र सुदूरपश्चिममा ९ जनाको ज्यान गएको छ ।

बाढीका कारण १८२ घर डुबानमा परेको तथा २२८ वटा घर, ८३ गोठ, ४३ पुल, एक विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा परी ५८९ वटा पशुचौपाया मारिएका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ७७९ घरपरिवार विस्थापित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *