उपसभामुखको प्रष्टीकरणः करुणा भावले गरेको सहयोगलाई विवादित बनाउनु मविरुद्धको नियोजित कदम

काठमाडौं । उपसभामुख इन्दिरा रानाले करिब डेढ वर्षअघि अमेरिकी दूतावावासलाई लेखेको पत्रका सम्वन्धमा सार्वजनिक प्रष्टीकरण दिएकी छन् । आफूबाट कुनै अनैतिक कार्य नभएको उनको दाबी छ ।

सभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी पत्र लेखेको उनले बताएकी छन् । करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झण्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको भन्दै उनले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा समेत चित्रण गरेकी छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, ‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् । तर, अनैतिनक कार्य मबाट भएको छैन र हुने छैन ।’

आफूसँगै एउटै कार्यक्रममा सहभागी हुन निमन्त्रण आएको र उक्त कार्यक्रममा आफ्नो सहयोगीसमेत भइदिने हुँदा अन्तरवार्तँका लागि मिति लिइदिनु अनुरोध गरेपछि आफूले सो पत्र लेखेको उनको भनाइ छ ।

‘मैले नेपालस्थित अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोधमात्र गरेको थिएँ । कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम नै गर्ने हून्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन,’ उनले भनेकी छन् ।

उक्त सम्मेलनमा सहभागी भसकेपछि पनि आफू अन्य कार्यक्रमको सिलसिलामा अमेरिकालगायत अन्य मुलुकको यात्रा गरिरहेको उनले बताएकी छन् ।

हेर्नुस् उपसभामुख रानाले निकालेको विज्ञप्ति

Comments

One response to “उपसभामुखको प्रष्टीकरणः करुणा भावले गरेको सहयोगलाई विवादित बनाउनु मविरुद्धको नियोजित कदम”

  1. Manoj Jargha Avatar
    Manoj Jargha

    स्व. विपी कोईरालालाई आदर्श मानेको भन्ने स्वर्णिम वाग्ले कता छन ?एउटा अनलाईनको समाचार र पत्रकारको चाकरीमा देशको सदनको समय बर्बाद गरेका सो कल्ड विद्वान अरु पत्रीकामा सप्रमाण छापिएका मानब तस्करी, सहकारी ठगि,मृत्यू दुरुत्साहन,कुनै ब्यक्ती लाई ‘सडकाका गँजेडि” जस्ता अल्फाज , दोहोरो नागरिकता/राहदानी यस्ता कुरामा तीनको मुखमा कुन ‘माड’ लागेको हुन्छ र बोल्दैनन ?’सून्य योगदान’मा राष्ट्रीय योजना आयोगको ‘सून्य डेलिभरि’पश्चात काङ्ग्रेसले धपाएको सही रहेछ ।
    ‘पछाडी आएर माझमा सुत्ने’ भन्ने उता गाँउ तीरको उखान …….
    पार्टीलाई पार्टी जस्तो बनाउने ‘मुकुल’हरुले ‘रेडी केक’ बनाईदिए पछी टाँसिएर ‘सडकका गँजेडि”
    छ्या !!! टाइ लगाएको घिनलाग्दो मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *