विप्लवको टिप्पणी- ओली प्रधानमन्त्री भएदेखि आजै फाल्छन् कि भोलि भन्ने तनावमा छन्

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री भएदेखि केपी ओलीलाई आजै फाल्छन् कि भोलि फाल्छन् भन्ने तनाव नै तनावमा बस्नुपरेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा बोल्दै अहिले नेताहरू सबै सिंहदरबारको षड्यन्त्रमा लागेको आरोप लगाए।

उनले भने, ‘केपी ओलीको सरकार बनेको त्यहाँ सुरु भइसकेको छ। उहाँलाई आजै फाल्छन् कि भोलि नै फाल्छन् कि भन्ने तनावमा बस्नुभएको छ। प्रचण्ड कमरेड पनि त्यसै गरी बस्नुभयो। यसो हेर्दाखेरि पनि थाहा हुन्छ नि। एउटाले यताबाट अर्को उताबाट भनेको छ।’

उनले देश बनाउन एक जनालाई ढुक्कले काम गर्न दिनुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *