उपसभामुखको विवादित पत्रबारे रास्वपा प्रमुख सचेतकले सभामुखसँग राखे जिज्ञासा

काठमाडौं । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई अनधिकृतरूपमा लेखेको पत्रबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा चर्चा सुरू भएको छ । सञ्चारमाध्यमहरूमा आएका रिपोर्टलाई आफूहरूले अध्ययन गरिरहेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

यो विषयमा यसअघि पार्टीलाई कुनै औपचारिक जानकारी नरहेको उनको भनाइ छ । समाचारमा आएपछि आजै आफूले सभामुख देवराज घिमिरेसँग कुराकानी गरेको उनले बताए ।

यो पनि पढ्नुहोस् : अमेरिकी दूतावासलाई लेखेको ‘अशोभनीय’ पत्रले उपसभामुख विवादमा, पदीय दुरुपयोगको आरोप

‘मैले सभामुखज्यूसँग जिज्ञासा राखेको थिएँ । उहाँले आफूलाई यस विषयमा केही थाहा नभएको बताउनु भयो । हामी थप बुझ्ने काम गरिरहेका छौं,’ उनले भने ।

उपसभामुख राना रास्वपाबाट निर्वाचित भएकी हुन् । उनले उपसभामुख बनेसँगै पार्टीको सदस्यता त्यागिसकेकी छन् । तर, मातृ पार्टी भएको हुनाले उनी विवादमा मुछिँदा रास्वपामाथि पनि नैतिक दबाब परेको छ ।

Comments

2 responses to “उपसभामुखको विवादित पत्रबारे रास्वपा प्रमुख सचेतकले सभामुखसँग राखे जिज्ञासा”

  1. Nagendra Avatar
    Nagendra

    यी नयाँ मान्छेहरु फरक छन् : चल्ता पुर्जाका छन् !!
    १. कुनै न कुनै रुपमा बिदेशी भुमि र सक्तिको आड छ : त्येशैको आधार बनाएर ती उत्पात बोल्छन, उट्पट्याङ्ग गर्छन !!
    २. तिनीहरु संग अप्सन छ : राम्रो हुन्जेल नेपालमा बस्ने, तहल्का मच्चाउने : अलि असुरक्षित भैयो भने अर्को पासपोर्ट छदै छ !! त्येही भएर ती सक्तिशाली छन्, देखिन्छन, सक्तिकै वरिपरी हुन्छन, त्येतई घुम्छन !!
    ३. सबै हैन, धेरैको यथार्थ यहि हो !! तलका मान्छेहरु इमान्दार छन (सबै तिर उस्तै हुन्) : अलिकत्ति आक्रोस छ बिद्रोही छन् अनि ती माथिकाले भनेको कुरामा थपडी बजाउञ्छन, कुद्छन पछि, दौडिञ्छन तिनलाई बोकेर !! कहा जादै छु, कहा पुग्ने छैन कुनै टुंगो !!!
    ४. देश बनाउने भनेको प्याकेजमा आएको पार्ट्स एस्सेम्बल गरेर कम्प्प्यूटर तयार पारे जस्तो हैन !! बिगतको बेथिति, बर्तमानको लुटिखाने प्रवृति, मात्र भोट हाल्न पाउने जनताको विवसता त्यो भन्दा बढी बिदेशी रिझाउने घरवाला अनि घरवालाको लाचारितामा खेल्ने बिदेशी : यो संजाल बुझ्ने बिबेक, बिचार अनि त्यो च्यात्ने आँट र अठोट चाहियो : टुरिस्ट राजनीतिज्ञले केहि समयलाई दुनियाँ भुलाउन सक्छन तर देश बनाउन सक्तैन !!
    ५. यी सबै टाठा बाठा, सुकिला मान्छेहरु माथि लागेको बिस्तारै खुल्दै छन् पर्दा अनि त्यो भित्रका काला कुरा, लुकेका कुरा !!!
    :: बुझ्लान छिट्टै चतुरे, छट्टु अनि जाली कुरा तिनका पछि लाग्नेहरुले !!!

  2. जगदीश Avatar

    भ्रमको खेतीमा झुठ नै फाल्ने हो ! अहिलेका अलिक बढी कान चिरेर अलिक बढी खरानी धसेर हामि चै खास ……..गी हौ भन्ने भ्रम छरेर आएका निश्चित शब्द र वाक्य ओकल्ने र पहिला विभिन्न भूमिका मा बसेर विभिन्न माध्यम बाट आम मानिस बीच भ्रम छर्ने र अरु सबै गलत र फटाहा हुन भन्ने बनाउने अनि पछी अब हामि गर्ने भनेर राजनीति मा आउने र झुक्याएर भित्र भित्रै सबै खोक्रो बनाउने अनि अन्त्यमा पुराना ले गर्न दिएनन भनेर दोष जति सबै पुरानै मा थोपरेर विदेश तिर कुलेलम ठोक्ने हुन् l धेरै जसो विदेश बाट आएकै छन् र यताका पनि विदेश पठाउने धन्दामा प्रत्यक्ष अप्रत्क्ष्य जोडिएकै रहेछन l अब त प्रष्ट भईनै सक्यो l आम रुपमा बुझ्न बुझाउन बाकि छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *