एन्फा महिला लिग १० टिमबीच हुने, राउन्ड रोबिन र डबल राउन्ड रोबिनमा सञ्चालन गर्ने निर्णय

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

एन्फाको बुधवार बसेको कार्य समिति बैठकले प्रतियोगिता पहिलो चरणमा सिंगल राउन्ड रोबिन र दोस्रो चरणमा डबल राउन्ड रोबिनमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

एन्फाका अनुसार यस पटक छनोटका शीर्ष तीन टोली कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश तथा तीन विभागीय टोलीहरू त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

ए, बी र सी डिभिजन क्लबमध्येबाट संकटा क्लब र बागमती क्लब तथा नगरपालिकातर्फबाट वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

प्रतियोगिताको यस वर्षको बजेट २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ तय गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *