काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा बसेको समाजवादी मोर्चाको बैठकले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्न भन्दै समीक्षा कार्यदल गठन गरेको छ ।
बैठकमा नेपालको राष्ट्रिय राजनीतिमा नयाँ घटना र विशेषगरी नयाँ गठबन्धनले देशको प्रगतिशील यात्रा रोक्ने चिन्ता प्रकट भएको मोर्चाका नेता प्रकाण्डले जानकारी दिए ।
त्यस्तै, उनले समाजवादी मोर्चाकाे आगामी भविष्य र याेजनाबारे पनि छलफल भएको जानकारी दिए ।
आगामी कार्यनीति तय गर्नेगरी समीक्षा दल गन गरिएको उनले बताए । त्यस्तै, प्रगतिशील विचार राख्ने दलहरुलाई मोर्चामा आवद्ध गराउन पनि पहल गराउने निर्णय भएको उनले बताए । मोर्चाले देशभर बाढीपहिरोको अवस्थाले निम्त्याएको अवस्थाप्रति दुःख व्यक्त गरेको पनि प्रकाण्डले जानकारी दिएका छन् ।
कार्यदलमा प्रकाण्ड, प्रमेश हमाल, देव गुरुङ र गंगा नारायण श्रेष्ठ रहेका छन् । कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाउने छ । सरकारमा हुँदा किन बैठक नबसेको भन्ने प्रश्नमा सरकार र मोर्चाका कार्यको तालमेल नमिलाउँदा बैठक नभएको उनले बताए ।

Leave a Reply