एसईई पुरक परीक्षामा सहभागी हुने विद्यार्थीका लागि नि:शुल्क सहयोगी कक्षा सञ्चालन हुने

काठमाडौं । यस वर्ष एसईई परीक्षामा अनिवार्य गणित विषयका कारण ग्रेड प्राप्त गर्न नसकी पुरक परीक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई नेपाल गणित समाजले अनलाइन मार्फत नि:शुल्क सहयोगी कक्षा सञ्चालन गर्न लागेको छ ।

सहयोगी कक्षामा आगामी आइतबार बेलुकी ७ः३० देखि ९ः३० सम्म समाजको जुम आईडी 5217711058 तथा पासकोड 541181 मार्फत १००० जना सहभागी हुन सक्ने छन्  ।

नेपाल गणित समाजको फेसबुक पेज https://www.facebook.com/search/top?q=nepal%20mathematical%20society बाट प्रत्यक्ष प्रसारण गरिने एवं कक्षा लिइएको भिडियो YouTube च्यानल @NepalMathematicalSocietyमा राखिने समाजले जनाएको छ ।

नेपाल गणित समाजले सोसाईटी टू सोसाईटी कार्यक्रम अन्तरगत उत्पादन गरेका प्रशिक्षकहरु मध्यबाट विद्यालय स्तरका सातै प्रदेशका ख्यातिप्राप्त शिक्षकहरुले सहयोगी कक्षा सञ्चालन गर्ने भएको समाजका सदस्य तथा कार्यक्रमका संयोजक डा.जीवन काफ्लेले बताएका छन् ।

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव बिकास केन्द्रको पहलमा समाजले यस्तो कार्यक्रम गर्न लागेको समाजका उपसभापति तथा सोसाईटी टू सोसाईटीका संयोजक डा. श्रीराम खड्काले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *