काठमाडौं । दक्षिणकालीस्थित एक गुम्बा पहिरोले थिचिँदा ६ जना बालक पुरिएका छन् । पुरिएकामध्ये ५ जनाको उद्धार भएको र एकजना भेटिन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दक्षिणकाली-५ स्थित थाइ गुम्बा शुक्रबार अपरान्ह पहिरोले परिएको थियो । तत्कालै उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले पुरिएकामध्ये ५ जना बालकलाई निकालेको थियो । उनीहरूलाई बल्खुस्थित बयोदा अस्पतालमा लगिएको छ ।
ती बालकको स्वास्थ्य अवस्था मध्यम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको छ ।

Leave a Reply