प्रधानमन्त्रीको विश्वासको मतमाथि मतदान हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । सत्ता सारथी नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजसहित पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणका लागि सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा (२ अनुसार विश्वासको मत लिने भएका हुन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।

संविधानअनुसार हालको प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कूल २७५ सदस्यीय रहेको छ ।

Comments

2 responses to “प्रधानमन्त्रीको विश्वासको मतमाथि मतदान हुँदै”

  1. Lekh Nath Paudel Avatar
    Lekh Nath Paudel

    प्रचण्ड ज्यु, लगातार १७ बर्ष सत्ताम्मा बस्दा पनि देशको पक्षमा माखो मार्न नसक्ने, सधै सत्ताको तर मारिरहने, संबिधान र प्रतिगमनको दुहाइ दिदै भ्रम छर्दै कति कुर्ची मरिहत्ते गर्नु ? प्रतिपक्षमा बस्दा आकाश खस्छ र ? वैचारिक र राजनीतिकरुपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो आम नागरिकको तर्फबाट प्रचण्डजीलाई राजनीतिबाट सदाका लागी सन्यास लिन आग्रह गर्दछु। अन्यथा, विनाशकाले विपरीत बुध्दि:।

  2. Janak Chaudhary Avatar
    Janak Chaudhary

    लाज नभएको मान्छे देशको गृहमन्त्री बनेपछि संसदमा समेत नियम कानून नमान्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *