चितवन दुर्घटना : बेपत्ता बस र यात्रुको खोजी सुरु, गोताखोरसहित ७० जनाको टोली परिचालन (भिडिओ)

काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो ।

दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ ।

आज बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए । दुवै बसमा ६५ जना सवार रहेको प्रारम्भिक अनुमान छ ।

Comments

One response to “चितवन दुर्घटना : बेपत्ता बस र यात्रुको खोजी सुरु, गोताखोरसहित ७० जनाको टोली परिचालन (भिडिओ)”

  1. Bipin Avatar
    Bipin

    जनता दुर्घटना मा मर्ने नेता हरु सत्ता को मोह मा ताना ताना।हे पशुपतिनाथ के भको यो देश मा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *