एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र कुनै पनि मन्त्री उपस्थित नभएपछि स्थगित भएको छ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा एकजना पनि मन्त्री उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए।

सांसद खतिवडाले ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको जानकारी गराए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *