जनमतले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

नयाँ समीकरण अनुसार मधेशमा सरकार गठन भइसकेकाले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको प्रवक्ता डा. शरदसिंह यादवले बताए।

उनले भने, ‘नयाँ समीकरण अनुसार मधेशमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनिसकेको छ। त्यसैले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैन। नयाँ सरकारलाई सघाउँछ।’

प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *