एमालेका दुई केन्द्रीय विभागका सचिव मनोनीत

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सहकारी विभागको सचिवमा परितोष पौडेल मनोनयन भएका छन् ।

यसअघिका सचिव केबी उप्रेतीलाई हटाएर रिक्त रहेको सो पदमा विभागकै सदस्य पौडेल मनोनीत भएका हुन् ।

बुधवार बसेको सचिवालय बैठकले चितवनका विजय सुवेदीलाई भूमि व्यवस्था विभागको सचिव मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *