ओलीलाई माओवादीको प्रश्न- कुन उद्देश्यसँग केन्द्रित भएर सहकार्य तोड्नुभयो ? (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकार्य तोडैको जवाफ दिनुपर्ने जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा माओवादीको तर्फबाट सदनमा बोल्दै सांसद राजन दाहालले ओलीले पटक पटक प्रस्ताव गरेपछि चार महिनाअघि प्रचण्ड सहकार्यका लागि सहमत भएको समेत जनाए।

उनले भने, ‘चार महिना अगाडि ओलीकै पटक पटकको प्रस्तावमा राजनीतिक र रणनीतिक हिसाबले अगाडि बढ्नुपर्छ भनेपछि कमरेड प्रचण्डले स्वीकार्नु भयो। त्यही अनुसार हाम्रो सत्ता सहकार्य अगाडि बढेको थियो। मैले यहीबाट प्रश्न गर्नुपर्छ, यहाँले जुन उद्देश्यले सहकार्य गर्नुभयो ? अहिले कुन उद्देश्यसँग केन्द्रित भएर यो सहकार्य तोड्नुभयो ?’

उनले प्रचण्डले नेतृत्व गरेको सामाजिक न्याय, सुशासनको केन्द्रीय कार्यभारबाट किन भागेको भन्दै प्रश्न गरे। के कारणले सहकार्य सुरु भयो, र के कारणले तोडियो त्यसको जवाफ ओलीले दिनै पर्ने उनको तर्क छ।

Comments

One response to “ओलीलाई माओवादीको प्रश्न- कुन उद्देश्यसँग केन्द्रित भएर सहकार्य तोड्नुभयो ? (भिडिओ)”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    माननीयले यो प्रश्न स्वयम प्रचण्डलाइ सोध्दा राम्रो हुने छ । किन भने पहिले प्रचण्डले नै शेयरबहादुर देउवासँग गुप्त वार्ता शुरू गरेकाहुन । र, उनले एमाले बाहेक राष्ट्रिय सरकार बनाउने कसरत शुरू गरेपछि पल्टिएको पासा मात्र हो अहिलेको परिणाम । त्यसैले एमालेको समर्थनमा प्रधानमन्त्री बनीरहँदा पनि एमाले बिरूद्ध किन प्रचण्ड निरन्तर सक्रिय रहन्छन ? उनलाइ नै सोध्नुस माननीयज्यू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *