मधेशका मुख्यमन्त्री सिंहले भने– मन्त्रीहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिन्थे (भिडिओ)

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नयाँ समीकरण अनुसार सरकार पुनर्गठन गर्नुपर्ने भएकाले चार दलका ६ मन्त्रीलाई राजिनामा गर्न आग्रह अस्वीकार गर्दा बर्खास्त गरेका बताएका छन् ।

जनमत पार्टीका सिंह नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा गत जेष्ठ २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । सत्ता समीकरण उलटफेर भएपछि उनले आज माओवादी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

मन्त्रीहरुलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउन गएका मुख्यमन्त्री सिंहले भने, ‘नयाँ सत्ता समीकरण अनुसार चार दलका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थिए । उहाँहरुले बर्खास्त नै गरिदिनुस् भन्नुभो । त्यसपछि सहमतिमै बर्खास्त गरेको हुँ ।’

ुसरकारमा अहिलेसम्म सबै दलका मन्त्रीहरु पूर्णरुपमा सहयोग गर्नु भएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘उहाँहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । उहाँहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिएर विदाई गर्ने सोचेको थिए ।’

उनले अब नयाँ समीकरण अनुसार सरकार पुनर्गठन गर्ने जानकारी दिए । स्रोतका अनुसार कांग्रेस र लोसपालाई आजै सरकारमा सहभागी गराउने उनको तयारी छ । उनी आज विश्वासको मत पनि लिदैछन् ।

Comments

One response to “मधेशका मुख्यमन्त्री सिंहले भने– मन्त्रीहरुले राजीनामा दिएको भए टोकन अफ लभ दिन्थे (भिडिओ)”

  1. Raju Bikram Chamling Avatar
    Raju Bikram Chamling

    धेरै चुरीफुरी भयो माननीयज्यू, यस्तो शब्द बोल्नु, त्यो पदको मान हानी हो । माननीयको हैसियत नबुझ्नु भन्ने बुझिन्छ । भएको केही छैन, र अब हुने पनि केही होइन । यही अंकगणितमा ०८४ सम्म केही हुनेवाला छैन । ०८४ पछि पनि जनताले दिएको म्यान्डेटको आधारमा के हुन्छ, तर तपाई माननीय हुनुको हैसियत, पार्टी युवा कार्यकर्ताहरुलाई समेत लाज लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *