प्रधानमन्त्रीले विश्वासको मत लिएपछि ७६ (३) मा जानसक्छ, खुशी भइहाल्ने अवस्था छैन : शेखर कोइराला (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेसँग मिल्दैमा अहिले नै खुशी हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि संविधानको धारा ७६ (३) मा जान सक्ने आशंका व्यक्त गरे।

उनले भने, ‘अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन। राजीनामा नदिएपछि संविधानतः के हुन्छरु भन्ने हामीले सोच्नुपर्छ। हामी संविधानलाई टेकेर हिँड्नुपर्छ। प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस्। उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो।’

उनले एमालेसँग मिलेपछि निर्वाचन प्रणालीमा सुधार गरेर जानु पर्नेमा जोड दिए।

उनले भने, ‘हामीले संविधानमा मिनिमम केके सुधार गर्नसक्छौँ ? संविधानको डकुमेण्ट ठूलो छ। त्यसमा सुधार गर्नुपर्ने पनि धेरै होला। ती धेरै कुरामा छेडखानी गर्न थाल्यौँ भने संविधान सुधार हुँदैन। कम्तीमा पनि निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जान सक्यौँ भने केही न केही जनताले चाहेको कुरा हुन्छ। जहाँ जाँदा पनि म एउटै कुरा सुन्छु की समानुपातिक हटाइदिनुस्, अरू पनि थियो । मुख्य त्यही थियो। समानुपातिक हटाउँदा संविधानको मर्मलाई मर्न दिनु भएन। समावेशी समानुपातिकताको मर्म जुन छ, त्यसलाई मर्न दिनु हुँदैन।’

महिला र दलितलाई महिलाको ३३ प्रतिशत र दलितको १४ प्रतिशत सिट रिजर्भ गर्नुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *