पोखरा । पोखरा लामाचौरस्थित सीप परीक्षण केन्द्र भासिएको छ ।
लगातार भारी वर्षाको कारण बिहीबार राति ११ बजे केन्द्रको भान्साघर भासिएको हो ।
केन्द्रको भान्साघर सामान्य भासिएकाले मानवीय क्षति नभएकाे कास्की प्रहरीले जानकारी दिएकाे छ ।
अहिले भान्साघरतर्फको ठाउँ खाली गराउन लागिएको छ । थप पानी परे जमिन भासिन सक्ने प्रहरीले बताएको छ । केन्द्रमा ३७ जना विद्यार्थीहरु थिए ।


Leave a Reply