देउवाले विपक्षी दलका नेतालाई बूढानीलकण्ठ बोलाए

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री भीष्म आङ्देम्बे बताए।

उनका अनुसार बैठक ५र६ बजेतिर बस्नेछ।

कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमतिपछि देउवाले संसदमा रहेका विपक्षी दलसँग छलफल गर्न लागेका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *