कांग्रेस–एमाले मिलनमा नेकपा एसको प्रतिक्रिया- ठूला दल मिलेर तानाशाही सरकार बनाउन खोज्दैछन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कांग्रेस–एमाले सत्ता गठबन्धनलाई चरम अवसरवादको संज्ञा दिएको छ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले संसदका ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको टिप्पणी गरे।

उनले भने, ‘बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रब्यूहमा फसाउने काम हो। दुई ठूला दल मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणालीलाई कमजोर पार्ने काम भएको छ।’

सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा अस्वीकार्य भएको बताए।

Comments

One response to “कांग्रेस–एमाले मिलनमा नेकपा एसको प्रतिक्रिया- ठूला दल मिलेर तानाशाही सरकार बनाउन खोज्दैछन्”

  1. ksp pyl Avatar
    ksp pyl

    दलालहरूको पसल बन्द हुने भयो अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *