रोल्पा दुर्घटना: मृतक सबैको सनाखत,गम्भीर घाइते ६ जनालाई थप उपचारका लागि बुटवल ल्याइयो

रुपन्देही ।रोल्पामा सोमबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सात जनाको सनाखत भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। त्यसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

सडकमा रहेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको हो। जिपमा सवार दिलकुमारी घर्तीले जिप खस्नुअघि हामफालेर ज्यान जोगाएकी थिइन्। उनले गाउँले गुहारेपछि घाइतेको तत्काल उद्धार गरिएको थियो।

जिप्रका रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको र एक जना बालिका रहेको बताएका छन् ।

उनका अनुसार दुर्घटनामा रोल्पाको माडी गाउँपालिका९ ३ का ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँकी ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीय जुनमाया खड्का, रोल्पाकै परिवर्तन गाउँपालिका९ २ का ३१ वर्षीया रामकली पुन, माडी गाउँपालिका९ ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगीको मृत्यु भएको र बालिका अमृताकी छोरी रहेको आशंका गरिएको छ ।

घाइते ८ जनामध्ये दुई जना उपचारपछि डिस्चार्ज भएका छन् भने गम्भीर अवस्थाका ६ जनालाई थप उपचारको लागि बुटवल ल्याइएको छ । उनीहरुको चौराह अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *