नेकपा एसको मञ्चबाट प्रचण्डको सम्बोधन- सरकारको भ्रष्टाचारविरोधी अभियानलाई निस्तेज पार्ने प्रयास हुँदैछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई निस्तेज पार्ने प्रयास भइरहेको बताएका छन् ।

नेकपा एसको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अहिले पनि भ्रष्टहरू गिरफ्तार गर्ने र मुद्दा चलाउने प्रक्रिया चलिरहेको बताए ।

उनले भने, ‘मैले यो पटक सरकारको नेतृत्व गरेदेखि नै भ्रष्टाचारविरुद्धको पहल बढाइराखेको छु । अहिले पनि भ्रष्टहरू गिरफ्तार हुने, तीनिहरूमाथि पनि मुद्दा चल्ने प्रक्रिया चलिरहेको छ । तर, यहाँ सबै भ्रष्टमात्रै छन् भन्ने व्याख्या गरिएको छ, अहिले भ्रष्टाचारविरोधी अभियानलाई पनि निस्तेज पार्ने प्रयासहरू भइरहेका छन् ।’

सबै एकजुट भएर जनताको आशा अपेक्षा पूरा गर्नको लागि फेरि नयाँ संकल्प लिन आवश्यक रहेको बताउँदै सबैलाई आ-आफ्नो ठाउँबाट राम्रा काम गर्ने प्रयास जारी राख्न आग्रह गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *