देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी भोलि दिउँसो ३ बजेका लागि बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमका साथै पार्टीको गतिविधिबारे छलफल हुनेछ। एमाले अध्यक्ष ओलीसँग भेटेर फर्किए लगत्तै देउवाले पदाधिकारी बैठक डाक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

हिजो देउवाले बालकोट पुगेर ओलीसँग करिब ३ घण्टा वार्ता गरेका थिए। ओलीले देउवासँग वार्ता गरेपछि सत्ताको माओवादी पङ्क्ति तरंगित छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *