सदस्यता विवादले पत्रकार महासंघको निर्वाचन प्रक्रिया रोकियो

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया रोकिएको छ। निर्वाचन समितिले सूचना जारी गर्दै २२ गते हुने निर्वाचन प्रक्रिया तत्काल अघि नबढ्ने जानकारी गराएको हो।

महासंघको केन्द्रीय समिति, प्रदेश, जिल्ला शाखा, प्रतिष्ठान, संस्थागन शाखाहरुको २२ गते हुने निर्वाचनको लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यसूची थियो।

हिजो साँझ मतदाताको अन्तिम नामावली प्रकाशन गरेपछि कांग्रेस निकट नेपाल प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा ताला लगाएको छ।

यद्यपी, महासंघले तोकिएको समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको पनि जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *