एमालेबाट विद्रोह नगरेको भए हामी गल्लीमा भड्किरहने स्थिति बन्थ्यो : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनको लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताएका छन्।

जनताका नेता नेपाल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेर न्यायोचित काम गरेको जिकिर गरे।

उनले भने, ‘हामीले विद्रोह नगरेको भए हामी हराइसकेको हुन्थ्यो। हामीले गल्लीमा भड्किरहने स्थिति बन्थ्यो। आत्मसमर्पण गर्नुपर्ने अवस्था बन्थ्यो। हामीले ती कुरा स्वीकार गरेनौँ। धेरै मान्छेलाई निराश हुनबाट जोगाएर कम्युनिष्ट आन्दोलनलाई निरन्तरता दिएका छौं।’

उनले आफ्नो पार्टीले सिंगो देशमा देखाएका उपस्थिति देखाउँदै भूमिका स्थापित गरेको जिकिर गरे। अहिले सीट थोरै भए पनि समयअनुसार बढ्दै जाने उनको विश्वास थियो।

Comments

2 responses to “एमालेबाट विद्रोह नगरेको भए हामी गल्लीमा भड्किरहने स्थिति बन्थ्यो : माधव नेपाल (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अहिले पनि त रूँदै गल्लीमै हिडिरहेको देखिन्छौ ।

  2. Sundar Avatar
    Sundar

    अहिले चाहिं पो सडकमा भएजस्तो लाग्छ त, माखाचित्ते बेतिया कण! कुन सिंहासनमा राज होईबक्स्या छ र? कि बिगतमा जस्तै निवेदन आव्हान भयो र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *