बालुवाटारमा सत्ता र प्रतिपक्षका शीर्ष नेताको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति बालुवाटार पुगेका छन्।

केही समयअघि ओली र देउवा बालुवाटार पुगेका हुन्।

अहिले शीर्ष तीन नेताहरुबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको यही अधिवेशनबाट टीआरसी विधेयक टुंगो लगाउने गरी छलफल गरिरहेका छन्। यही विषयमा सहमति खोज्नको लागि ओली र देउवालाई बालुवाटार बोलाइएको बुझिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *