जसपाको केन्द्रीय समिति बैठकमा अशोक राईको प्रतिवेदनमाथि छलफल

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक अहिले बसिरहेको छ।

काठमाडौंमा जारी बैठकमा अध्यक्ष राईको प्रतिवेदनमाथि छलफल भइरहेको महासचिव मोहम्मद इतिस्याक राईले बताए।

हिजोको बैठकमा अध्यक्ष राईले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर राईको नेतृत्वमा ७ सांसदले जसपा गठन गरेका थिए।

पार्टी विभाजनबारे उपेन्द्रले दायर गरेको मुद्दाको टुंगिएको छैन। यद्यपि, दुवै पार्टीले संगठन निर्माणमा तीव्रता दिइरहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *