डेनमार्कमा घरेलु चौपायाले पादे कर तिर्नुपर्ने

काठमाडौं । युरोपेली मुलुक डेनमार्कले घरेलु चौपायाको पादको कर लिने भएको छ । चौपायाहरूले उत्पादन गरेको हरित गृह ग्याँसको कर लिने क्रममा यस्तो लागू गर्न लागिएको हो ।

रुसी विश्व च्यानल आरटीका अनुसार यो नियम सन २०३० बाट लागु हुनेछ । डेनमार्कका करमन्त्री जेप्पे ब्रुसले गाई, सुँगुर, भेडाबाख्रा लगायतमा यस्तो कर लगाउन लागेको बताएका हुन् ।

कार्बन उत्सर्जन ७० प्रतिशत घटाएर सन १९९० को तहमा पुर्‍याउन यस्तो नियम लागु गर्न लागेको बताइएको छ ।

सन २०४५ भित्र कार्बन तटस्थ हुनको लागि यस्तो गरिएको मन्त्रीले बताएका छन् ।

Comments

One response to “डेनमार्कमा घरेलु चौपायाले पादे कर तिर्नुपर्ने”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    कति पल्ट पाद्यो भन्ने कसरी थाहा पाउछ त सरकारले? पाद मिटर राखिदिने हो ? त्यस्तो पाद मिटर कता किन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *