व्यवसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरे जरिवाना लाग्ने

काठमाडौं । व्यवसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गरे जरिवाना लाग्ने भएको छ ।

व्यवसायिक कारोबारको कुनै पनि रकम व्यक्तिगत खातामा जग्गा गरेको पाइएमा न्यूनतम ५ हजार वा त्यसरी जम्मा गरेको रकमको २ प्रतिशतमा जुन बढी हुन्छ सो रकम जरिवाना लाग्ने आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

कुनै पनि व्यक्तिले व्यवसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन’, आर्थिक विधेयकमार्फत आयकर ऐन २०५८ मा दफा ८१ ‘क’ थप गर्दै यस्तो व्यवस्था गरिएको हो ।

आयकर ऐनको दफा ११९ ‘क’ को उपदफा ३ अनुसार जरिवाना हुने आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *