तलब र सामाजिक सुरक्षा भत्तालगायतमा अर्थले पठायो ४ अर्ब ५ करोडको थप अख्तियारी

काठमाडौं । आर्थिक वर्ष सकिन १९ दिन बाँकी छँदा पारिश्रमिक, सामाजिक सुरक्षालगायतमा खर्च गर्ने गरी अख्तियारी पठाएको छ ।

असार १० को मन्त्रीस्तरीय निर्णयअनुसार अर्थले महालेखा नियन्त्रक कार्यालयमार्फत् अख्तियारी पठाएको हो । मन्त्रालयले सामाजिक सुरक्षा भत्ता, कर्मचारीको पारिश्रमिक, पारिश्रमिक पदाधिकारी शीर्षकमा विनियोजन भएकोमध्ये कुनै शीर्षकमा रकम नपुग्ने अवस्थामा त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी हुने अवस्थामा क्रियाकलापबीच समायोजन गरी भुक्तानी गर्न भनेको छ ।

अर्थले पारिश्रमिक कर्मचारीमा ३ अर्ब ८० करोड र योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोषमा २५ करोडसमेत गरी ४ अर्ब ५ करोडको खर्च गर्ने गरी महालेखामार्फत् सम्बन्धित कोलेनिकालाई अख्तियारी पठाएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *