रोल्पामा चट्याङ लागेर नन्द भाउजूको मृत्यु

रूपन्देही । रोल्पामा मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ।

जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको मृत्यु भएको हो। मृतकहरू नाताले नन्द-भाउजू हुन्।

मंगलबार १ बजेतिर उनीहरूलाई चट्याङले हानेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी)भरत लामाले जानकारी दिए।

उनका अनुसार जाइताका श्रीमान बागलुङबाट घर आउन लागेकाले घटनास्थलबाट अझै शव उठाइएको छैन।

उनी बागलुङमा मजदुरी गर्न गएको प्रहरीले बताएको छ। घरमा जाइता, गोमाला र जाइताका ६ वर्षीय छोरा थिए। छोरा सकुशल रहेको डिएसपी लामाले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *