राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका छौं, अब नयाँ शिराबाट अघि बढ्नुपर्छ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी कार्यक्रम व्यवस्थित गरेर अगाडि सार्ने पहिलो पार्टी आफ्नो भएको जिकिर गरे।

उनले भने, ‘राष्ट्रिय राजनीतिमा हामीले खेलेको भूमिकाप्रति गौरव गर्नुपर्छ। राष्ट्रिय राजनीतिका सबै शक्तिहरूलाई हामीले राम्रोसँग चिनेको छौँ। हामीले समाजवादी क्रान्तिको कार्यक्रमलाई अगाडि सारेको छ। अरू पार्टीले यस्तो कार्यक्रम ल्याएका छैनन्।’

उनले समाजवादी मोर्चालाई नयाँ शिराबाट अगाडि बढाउन छलफल भइरहेको बताए।

उनले भने, ‘विभिन्न कम्युनिष्ट पार्टीहरूसँग हाम्रो संवाद भइरहेको छ। समाजवादी मोर्चा बनाउँदै अघि बढेका छौँ। आजै पनि विभिन्न समूहसँग कुरा भएको छ। नयाँ शिराबाट त्यसलाई अगाडि बढाउनुपर्छ। देशभरिको समाजवादी शक्तिहरूलाई गोलबन्द गर्नुपर्छ।’

Comments

2 responses to “राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका छौं, अब नयाँ शिराबाट अघि बढ्नुपर्छ : माधव नेपाल (भिडिओ)”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    नापेउ ।

  2. dhakaram sapkota Avatar
    dhakaram sapkota

    यो हिजडा अझ कराउन छाडेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *