प्रधानमन्त्रीलाई सूर्य थापाले भने- मन्त्रीहरूले लगाएको तोक नक्कली ठहरिए (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले बजेटमा प्रधानमन्त्रीले केही नयाँ गर्न खोजे पनि मन्त्रीहरूले नटेरेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै केही मन्त्रीहरूले सांसदहरूले गरेको सिफारिसलाई रद्दीको टोकरीमा फ्याकेको बताए।

उनले भने, ‘प्रधानमन्त्रीले केही नयाँ गर्ने कोसिस पनि गर्नुभयो। तर, उहाँ मातहतका केही मन्त्रीहरूले सांसदहरूले गर्नुभएको सिफारिसलाई रद्दीको टोकरीमा फ्याल्नुभयो। कैयौं सिफारिसमा तोक लगाउनुभएको छ तोक नक्कली छन् । प्रधानमन्त्रीको जानकारीको लागि भन्दैछु, मन्त्रीको तोक नक्कली ठहरिए । उहाँहरूले कार्यक्रम समावेश गर्न भन्नुभएको छ। तर, भएका छैनन् । यो खालको मनपरीलाई सच्याउनुहुन्छ कि हुन्न ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *