सुमनाको प्रश्न- शिक्षकलाई राजनीतिमुक्त गराउने कानून पालना गराउन खोज्दा किन खुट्टा कमाउने ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले दलीय राजनीतिमा आवद्ध शिक्षकहरुलाई हटाउने सक्ने कानूनी व्यवस्था नै भएको दाबी गरेकी छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा उल्लेख गरेकी हुन् ।

मन्त्री श्रेष्ठले २०६८ सालको संशोधन भएको शिक्षा ऐनले दलीय राजनीतिमा आवद्ध शिक्षकहरुलाई हटाउन सक्ने प्रावधान राखेकाले आफूले सोही कुरालाई कार्यान्वयन गरेर अघि बढ्न चाहेको स्पष्ट पारिन् ।

उनले शिक्षकहरुलाई दलीय राजनीतिबाट टाढा लैजाने आफ्नो प्रयास कानूनी व्यवस्था व्यवस्था अनुसार नै भएकाले त्यसमा सिंगो संसदले सहयोग गर्नुपर्ने बताइन् । आफूले ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न लागेको त्यसमा किन खुट्टा कमाउने ? मन्त्री श्रेष्ठको सांसदहरुलाई प्रतिप्रश्न थियो ।

मन्त्री श्रेष्ठले शिक्षकहरुलाई दलीय राजनीतिबाट मुक्त गराउन आफूले डिएनएमात्रै नभएर आरएनए परिक्षण गराउन पनि पछि नपर्ने अडान दोहोर्याइन् ।

यस्तो छ मन्त्री श्रेष्ठको भनाइः

म त्यो कामले गर्दा नियमावली, निर्देशिकाहरुमा काम गर्दैछु । किनभने धेरै वटा ठाउँमा हाम्रो ग्याप छ । र अहिलेसम्म त्यसमा काम नगरिएको रहेछ । त्यसैले काम गर्दैछु । दोस्रो कुरा यो सदनमा उठयो पनि । शिक्षकहरुको दलीय राजनीतिमा समावेश हुनेकुरा । यसमा भन्नैपर्ने के हुन्छ भने २०६८ सालमा पनि एउटा निर्देशिका बनेको रहेछ । यो नयाँ संविधान आउनु अगाडि ।

त्यसमा स्कुललाई जोन अफ पिस भनेर यो विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका बनेको रहेछ । यसको उद्देश्य नै विद्यालयलाई दलगत राजनीतिक तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने हो । र, त्यहीअनुसार शिक्षा ऐनमा पनि त्यो कुरा उल्लेख छ । यो यही सदनबाट पारित भएको कुरा हो नि । शिक्षकहरुलाई दलीय राजनीतिबाट टाढा लैजानै पर्छ ।

२०७३ सालमा स्पष्टिकरण लेखिएको रहेछ–शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा हटाउन सक्ने प्रावधान स्पष्ट रुपमा छ । यसलाई आठांै संशोधनद्धारा त्यो व्यवस्था गरिएको रहेछ । भनेपछि ऐनमा भएको कुरा हामीले पटक पटक भन्छौ कि कार्यान्वयनमा फितलो भयो । अब मैले कार्यान्वयन गर्न लाग्दाखेरी अव खुट्टा किन कमाउने ?

यो त यहाँहरु सबैले लेखेको, पारित गरेको नयाँ संविधान आउनु अगाडि । र, संविधान आएपछिको कुरा हो यो । यसमा हामी सबैले काम गर्नुपर्छ । कानुनको कार्यान्वयन गर्नु नै पर्छ । कानूनको कार्यान्वयन गर्दा डिएनए मात्रै होइन, आरएनए पनि परिक्षण गरौंला । फरेन्सिल ल्याव पनि यही मन्त्रालय अन्तर्गत छ । सात वटै प्रदेशमा छ । यो गर्ने हो ।

 

Comments

2 responses to “सुमनाको प्रश्न- शिक्षकलाई राजनीतिमुक्त गराउने कानून पालना गराउन खोज्दा किन खुट्टा कमाउने ?”

  1. Nagendra Avatar
    Nagendra

    अरु कुरा जस्तो भए पनि यो चाहिँ : यौटा अपरिपक्क र लोकतन्त्रको उपहास गर्ने ‘फुर्ति’ मात्र हो !!!
    १. स्कुलको स्तर उकास्न, शिक्षकलाई तालिम देउ, तिनलाई कसरी बिद्यार्थी इन्गेज गरेर पढाउने भन्ने सिकाउ, फुर्सद नै नहुने गरि काम गर्ने वातावरण बनाउ, नियम बनाउ. कानुन बनाउ, त्यो पालना भए नभएको मुल्यांकन गर, बिद्यार्थीबाट शिक्षक को बारेमा Feedback लिने ब्येवास्था गर अनि त्यो शिक्षकको लागि पुरस्कृत वा दण्डित गर्ने आधार बनाउ !! गर्नु पर्ने, लाग्नु पर्ने र हिड्नु पर्ने बाटो यो हो !! तर सिक्ष्या मन्त्रि शिक्षकको जन्म कुण्डली, बिगतमा कसलाई भोट दियो भन्ने खोज्दै हिडेको : त्यो मिलेन !!
    २. आज उनी सिक्षामंत्री चुनिएर बन्ने वातावरण बनाउन शिक्षक को पनि भूमिका छ :: उनीहरुका धेरै अधिकार मध्ये राजनैतिक अधिकार पनि सुरक्षित हुन् पर्छ : त्यो कुनै पार्टीको भोटर भएर मात्र हैन राजनीति भनेको चेतना हो : चेतन्शिलले मात्र चेतना दिन सक्छ !! त्यो उल्टो बाटो, कम्तिमा इमान्दार त्यो जमातलाई चिद्याउने हैन, उनीहरुलाई कत्ति सकिन्छ काममा लगाएर सैशिक स्तर उकास्न प्रयाश गर्ने हो !! सबै राम्रा नहिलान, सबै खराब पनि छैनन् : स्वार्थि नेताको पन्परिले चुलिएको बेथिति सबै तिर छ तर शिक्षक मात्र यस्तो जमात को जो त्येशको लागि साच्चै गहिरो रुपमा लाग्न सक्छन : किन भने ती गिलो पाटो संग खेल्दै हुन्छन : देश बनाउने आधारशिला कुध्दै हुन्छन : तिनलाई सिल्पी ज्ञान दिनु र प्रोत्साहित गर्नु : यो हो राम्रो काम !!!
    ३. गर्न पर्ने कत्ति छन नि कामहरु :: कत्ति अव्यवहारिक छ सिक्ष्या, मात्र सैशिक बेरोजगार उत्पादन गर्ने कारखाना भए बिच्यालय र कलेजहरु, ठुला ठुला फुर्ति लगाएर कलेज हरुले पधाउञ्छन तर विद्यार्थीको सुनौलो जीवनमा मात्र बिष घुसाउञ्छन : सिक्षित हुन्छन ती तर जानेको केहि हुन्न, साच्चै गर्न सक्ने ती केहि हुन्नन् : त्येशलाई ब्येवाहारिक बनाउन, जीवन उपयोगी र नेपाली समाजलाई साच्चै छुन सक्ने बनाउ, त्यो चुनौती छ आजको : लु त्यो गरम त : त्यो हो गर्न पर्ने काम !!!

  2. Nagendra Avatar
    Nagendra

    अरु कुरा जस्तो भए पनि यो चाहिँ : यौटा अपरिपक्क र लोकतन्त्रको उपहास गर्ने ‘फुर्ति’ मात्र हो !!!
    १. स्कुलको स्तर उकास्न, शिक्षकलाई तालिम देउ, तिनलाई कसरी बिद्यार्थी इन्गेज गरेर पढाउने भन्ने सिकाउ, फुर्सद नै नहुने गरी काम गर्ने वातावरण बनाउ, नियम बनाउ. कानुन बनाउ, त्यो पालना भए नभएको मुल्यांकन गर, बिद्यार्थीबाट शिक्षक को बारेमा Feedback लिने ब्येवस्था गर अनि त्यो शिक्षकको लागि पुरस्कृत वा दण्डित गर्ने आधार बनाउ !! गर्नु पर्ने, लाग्नु पर्ने र हिड्नु पर्ने बाटो यो हो !! तर सिक्ष्या मन्त्रि शिक्षकको जन्म कुण्डली, बिगतमा कसलाई भोट दियो भन्ने खोज्दै हिडेको : त्यो मिलेन !!
    २. आज उनी सिक्षामंत्री चुनिएर बन्ने वातावरण बनाउन शिक्षक को पनि भूमिका छ :: उनीहरुका धेरै अधिकार मध्ये राजनैतिक अधिकार पनि सुरक्षित हुन् पर्छ : त्यो कुनै पार्टीको भोटर भएर मात्र हैन राजनीति भनेको चेतना हो : चेतन्शिलले मात्र चेतना दिन सक्छ !! त्यो उल्टो बाटो, कम्तिमा इमान्दार त्यो जमातलाई चिद्याउने हैन, उनीहरुलाई कत्ति सकिन्छ काममा लगाएर सैशिक स्तर उकास्न प्रयाश गर्ने हो !! सबै राम्रा नहिलान, सबै खराब पनि छैनन् : स्वार्थि नेताको पन्परिले चुलिएको बेथिति सबै तिर छ तर शिक्षक मात्र यस्तो जमात को जो त्येशको लागि साच्चै गहिरो रुपमा लाग्न सक्छन : किन भने ती गिलो माटो संग खेल्दै हुन्छन : देश बनाउने आधारशिला कुध्दै हुन्छन : तिनलाई सिल्पी ज्ञान दिनु र प्रोत्साहित गर्नु : यो हो राम्रो काम !!!
    ३. गर्न पर्ने कत्ति छन नि कामहरु :: कत्ति अव्यवहारिक छ सिक्ष्या, मात्र सैशिक बेरोजगार उत्पादन गर्ने कारखाना भए बिद्यालय र कलेजहरु, ठुला ठुला फुर्ति लगाएर कलेजहरुले पढाउछन तर विद्यार्थीको सुनौलो जीवनमा मात्र बिष घुसाउञ्छन : सिक्षित हुन्छन ती तर जानेको केहि हुन्न, साच्चै गर्न सक्ने ती केहि हुन्नन् : त्येशलाई ब्येवहारिक बनाउन, जीवन उपयोगी र नेपाली समाजलाई साच्चै छुन सक्ने बनाउ, त्यो चुनौती छ आजको : लु त्यो गरम त : त्यो हो गर्न पर्ने काम !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *