रास्वपालाई बाबुरामको सुझाव- पुराना शक्तिसँग बढी लसपस नगर्नुस्

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुराना दलहरूसँग धेरै लसपस नगर्न सुझाव दिएका छन्।

रास्वपाको स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीहरूसँग बोल्दै पुराना शक्तिहरूसँग लसपसले स्ट्राटेजीमा नोक्सान पने बताए।

उनले रास्वपालाई सुझाव दिँदैन भने, ‘पुराना शक्तिहरूसँगको सहकार्यलाई ट्याक्टिस, तत्कालको कार्यनीतिको रूपमा लिनुपर्छ। वैकल्पिक नयाँ शक्तिहरूसँगको सहकार्य र देशलाई साँच्चै विकल्प दिनका निम्ति स्ट्राटेजी बनाउनुपर्छ । यसमा सन्तुलन भयो भने ठीक हुन्छ, नत्र पुराना शक्तिहरूसँग नै बढी लसपस गर्न थालियो भने त्यसले स्ट्राटेजीमा नोक्सान पर्ने र हराउने खतरा हुन्छ।’

उनले सत्तामा जोडिएपछि गतिमा मन्दता आउने भए पनि आत्तिनु पर्ने अवस्था नभएको बताए।

उनले भने, ‘उहाँहरूको उपस्थितिले ठूलो तरंग नै ल्याएको छ। उहाँहरू सत्तासँग जोडिनुभएको छ। सत्तासँग जोडिएपछि गतिमा मन्दता आउँछ। देखिन्छ। विकासको नियमनै हो। उहाँहरू आत्तिने स्थिति छैन। सिक्दै जानुपर्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *