काठमाडौँ । रुसले युक्रेनले हमला गरेका १२० सैन्य ड्रोनहरू झारेको बताएको छ ।
रुसी विश्व च्यानल आरटीका अनुसार रुसले मध्यराति हानिएका ड्रोनहरू झारेको बताएको छ ।
युक्रेनले क्राइमिया, ब्याक सी तथा क्रासनोदार क्षेत्रमा मध्यराति ड्रोन हमला गरेको रुसी रक्षा मन्त्रालयले शुक्रवार बताएको छ ।
युक्रेनी ड्रोन हमलामा कुनै मानवीय क्षतिका समाचार आएका छैनन् ।
यद्यपि, क्रासनोदार सहरको बोइलर उद्योगमा भने क्षति पुगेको स्थानीय अधिकारीलाई उद्धृत गरेर आरटीले उल्लेख गरेको छ ।

Leave a Reply