माओवादीको कारबाहीमा परेका फणीन्द्र देवकोटा पुगे सर्वोच्च अदालत

पोखरा । नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा सर्वोच्च अदालत पुगेका छन् । उनले पुनर्बहालीको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

माओवादी संसदीय दलमा रहेको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटालाई माओवादीले कारबाही गरेको हो ।

माओवादीले गरेको कारबाही सभामुख कृष्णप्रसाद धितालले जेठ ३२ गते प्रदेश सभामा पढेर सुनाएसँगै देवकोटा पद मुक्त भएका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए ।

उनले जेठ २८ मा माओवादीको ह्विप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओवादीले उनलाई स्पष्टीकरण सोधेको थियो ।

देवकोटाले दायर गरेको रिटको पहिलो पेशी आइतबार तोकिएको छ ।

Comments

One response to “माओवादीको कारबाहीमा परेका फणीन्द्र देवकोटा पुगे सर्वोच्च अदालत”

  1. खेम Avatar
    खेम

    नेपनलमा फेरि मोल तोल किन् बेच हुनथालेछ यस्ता लाई कार्बाहि मात्रै नभयर जेल शजाय पनि हुनुपर्छ नत्र फेरि शाम्सध्द किना बेचा शुरु हुने भैरहन्छ । नालायक हरुको झुन्ड बध्दैजानेछ । यष्लाई बेलैमा रोकथाम् हुनुप्रछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *