कुमारी बैंक र फिलीबीच छुट सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र एनडी ३९ बिजनेश ग्रुप प्रालि (फिली), काठमाडौंबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई फिलीबाट प्रदान गरिने सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले फिलीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बौद्धस्थित शाखाहरुबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्वीआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट ग्राहक महानुभावहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा आफ्ना ग्राहकहरुलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्साहन गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *